दर्जनौं गीतका चर्चित गायक आशिष ताम्राकारको निधन


 काठमाडौँ – गायक आशिष ताम्राकारको निधन भएको छ। ताम्राकारको त्रिवि शिक्षण टिचिङ अस्पताल (महाराजगन्ज) मा उपचारका क्रममा शुक्रबार बिहान ७: २५ बजे निधन भएको हो ।

लामो समय देखी कलेजो, मिर्गौलालगायतका समस्याबाट पीडित गायक ताम्राकारलाई केही समय अल्का अस्पतालमा उपचार गरेर टिचिङ अस्पताल लगिएको थियो। उनका ‘प्रेमपत्र लेख्दै पातपातमा, मलाई पनि सँगै लैजाऊ, एक्लै रुनु कति रुनु, बिहानीको घाम हौ कि, दिन त काटे रात काटे’ लगायतका दर्जनौं गीत चर्चित छन्।

२०३५ जेठ ७ गते जन्मिएका गायक ताम्राकारखोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल घर भएका भए पनि उनी परिवार सहित काठ्माठौं सिनामंगलमा बस्दै आएका थिए । उनका श्रीमती र दुई छोरी छन्।