फाल्गुन २२ गते सोमबारको कस्तो छ त ? तपाईको राशीफल

 


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

परिवारसँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि सम्भावना छ, संगीत सिक्नमा मन जाला । विभिन्न अवसरले पछ्याउने छन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ, वित्तादी लाभ होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ, मिष्ठान्न भोजनको योग रहेको छ । अरुको विश्वास जित्न सजिलै सकिनेछ । धन मान पाउने योग छ, गरेको कामबाट फाइदा नै हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मनमा रहेको डर हटेर काममा उत्साह बढ्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला, दिन सामान्य नै छ । अनुकूल यात्राको सम्भावना छ । पठनपाठन सामान्य रहला, फुर्सदिलो समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
धेरै श्रम गरेपनि कामको कम मूल्याङ्कन हुनेछ । भएको आम्दानी र सञ्चित रकम पनि खर्च गर्नुपर्ला । हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
खर्च बढने र स्वास्थ्य कम्जोर भइ काममा अवरोध आउनेछ । कुरा काटनेहरु बढ्ने छन्, सावधान रहनु होला । नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । काम र व्यापारमा पनि फाइदा हुनेछ । सोच्ने शक्ति बढ्ने छ । कुरा काट्नेहरु प्रशन्सा गर्न थाल्नेछन् । अन्न तथा धनको पनि वृद्धि हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुने छ । परिश्रमले धेरै काम बन्नेछन् । धनपनि मनग्य कमाउनु होला । साथै, भाग्य पनि बलियो छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पति पत्नीबीच घर सल्लाह नमिल्न सक्छ । साथै, आर्थिक संकट पनि होला विचार पुर्याउनु भए बेश होला । अनावश्यक रुपमा कसैसंग झै झगडा हुन सक्छ, साथै यात्रामा पनि सावधान रहनु होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि बढ्नेछ । मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन् । नसोचेको सम्मान मिल्ने दिन छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ, आफन्तुसंग भेटघाट होला । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । धन मनग्य कमाउने अवसर मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक तथा ब्यापारिक काम काजमा फाइदा होला । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोट पटकको भय पनि छ होस पुर्याउनु होला । बाटो काट्दा वा हात हतियारको प्रयोग गर्दा सचेत रहनुहोला । निको भएको रोगले पुन सताउन सक्छ ।