चर्चित गायिका भूमिका गिरी हिजनसँग विवाह बन्दनमा बाधिईन

 


काठमाडौँ – चर्चित लोकगायिका भूमिका गिरी सल्यानमा विवाह गरेकी छन् । सोमबार सल्यानका हिजन विष्टसँग उनले बिवाह गरेकी हुन् । उनिहरु केही समयदेखि प्रेम सम्बन्धमा थिए । हिजनकाे घर सल्यान शारदा नगरपालिका स्थित साहुटाेलमा पर्छ ।

अहिले उनि दाङमा बसाेबास गर्दै आएका छन् । उनिहरुकाे सोमबार वैवाहिक समारोह आयोजना गरिएको छ । आफन्त र साथीभाइको सीमित उपस्थितिमा उनले विवाह गरेका हुन् ।भूमिकाले शनिबार बेलुका लाजिम्पाटको सम्पदा गार्डेनमा ब्याचलरेट पार्टी आयोजना समेत गरेकी थिइन् ।

सामाजिक सञ्जालमार्फत उनले यसबारे जानकारी दिएकी छन् । पार्टीको तस्वीर सार्वजनिक गरेपछि गायिका गिरीलाई सामाजिक सञ्जालबाट फ्यानले बधाई तथा शुभकामना दिइरहेका छन् ।गायक प्रकाश दूतराजसँग उनले सहकार्य गरेका गीतहरु ‘देउरालीमा’, ‘चोली मैलै भो’ लगायत रुचाइएका छन् ।

सीमित आफन्त र साथीभाइबीच विवाह गरेकी उनले विवाहअघि शनिबार बेलुका लाजिम्पाटको सम्पदा गार्डेनमा ब्याचलरेट पार्टी आयोजना गरेकी थिइन् । सामाजिक सञ्जालमार्फत उनले यसबारे जानकारी गराएकी हुन् । उनले हालसम्म ३ सय भन्दा बढी गीत रेकर्ड गराइसकेकी छन् ।