फागुन ९ गते मंगलबार (फेब्रुवरी २१ तारिख) को राशिफल हेर्नुहोस्, गणेश भगवानले सबैको रक्षा गरुन् !

 

आज श्री शाके १९४४ बि.स.२०७९ फागुन ९ गते मंगलबार (इश्वी सन २०२३ फेब्रुवरी २१ तारिख) फागुन शुक्ल पक्ष प्रतिपदा तिथी शतभिषा नक्षत्र शिव योग वव करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा मृत्यु योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु ग्याल्पो लोसार विश्व मातृभाषा दिवस ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बोलीको प्रभावमा कमी आउनेछ । दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । मनोबिलासी साधनको खरिद गर्न मन जानेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साझेदारी लगानीको गरिरहेको कार्यमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मानसम्मानमा आधात पर्नसक्ने सम्भाबना रहेको छ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अप्रिय खवरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेकोछ । नेतृत्व लिने क्षमतामा बृद्धि आउनेछ । ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
निर्णय गर्ने क्षमतामा बृद्धि हुने योग रहेको छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनको साथ सहयोगबाट सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । आय मुलक नयाँ कार्यको थालनि हुनेछ । जीवनसाथीसंगको सम्बन्धमा सामान्य तिक्तता आउन सक्नेछ । परिवारको खासै सहयोग पाइने छैन ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
एक्लोपनको महसुस हुनेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । पारिवारिक सहयोगबाट गरीएका काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । बोलीको प्रभावमा बृद्धि हुनेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । सवारी साधन चलाउँदा विशेष ख्याल पुर्याउनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
जीवनसाथीसंगको सम्बन्धमा थप सुधार आउनेछ । आम्दानीका क्षेत्रमा मार्गदर्शन मिल्नेछ । बिलासीको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । आम्दानि मध्यम रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिस्पर्धात्मक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ । नउठेको पैसा उठाउनका लागि उत्तम समय रहेको छ । साथीभाईको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पूग्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ । बोलीका कारण आफन्तहरुसंगको सम्बन्धमा दुरी बढ्न सक्नेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तत्कालिक खर्चका कारण सामान्य आर्थिक अभाबको सामना गर्नु पर्ला । प्रतिस्र्धात्म कार्यमा सफलता प्राप्त गर्न अधिक मेहनत गर्नु पर्ने हुन्छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पुरानो लगानि उठाउन समयले साथ दिनेछ ।सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । नजिकका मित्रजनहरु बिचको सम्बन्धमा दुरी आउन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शारिरीक आलस्यताको सामना भने गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । बौद्धिक क्षेत्रका ब्यतित्वहरुसंगको संगतबाट मन प्रशन्न रहला । कार्य प्रतिको लगनसिलतामा बृद्धि हुनेछ । आम्दानीको क्षेत्रमा मध्यम रहेको छ । इष्टमित्र भेटघाटको अवसर प्राप्त हुनेछ । सामान्य खर्च बढ्नेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ब्यापार ब्यावसायमा सफलता प्राप्त गर्न अधिक मेहनत गर्नु पर्ने हुन्छ । निर्णय लिने क्षमतामा बृद्धि हुनेछ । नयाँ कार्यका लागि आट, शाहस बढ्नेछ । मित्रजनहरुबाट साथ, सहयोग पाउनु हुनेछ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या देखा पर्न सक्नेछ । साझेदारी लगानीका लागि नसोचेकै बेश हुनेछ । प्रेम सम्बन्धमा थप सुधार आउनेछ ।