कस्तो छ, (छक्का पन्जा ४)को ओपनिङ ?”

 

आजबाट देशभरका हलमा रिलिज भएको नेपाली फिल्म (छक्का पन्जा ४)ले सुखद कमाई गरेको छ । यसअघिका तिन सिरिज नै सुपरहिट भएकाले पनि यो फिल्मलाई लिएर  दर्शकमा प्रतिक्षा र उत्साह थियो ।

फिल्मको बुकिङ अपेक्षित नभएपनि बिहानैदेखि दर्शकको चाप भने हलमा बढ्न थालेको थियो । मध्यान्नदेखि भने फिल्मले पिकअप लिएको छ । फिल्मको बुकिङ हेर्दा पनि बेलुकी र रात्री शोजहरु समेत हाउसफूल हुने पक्का छ ।

फिल्म हेरेर फर्किएका अधिकांश दर्शकले यसको कथावस्तु, प्रस्तुति, कलाकारको अभिनयलाई उत्कृष्ट भनेका छन् । दर्शकको वर्ड अफ माउथका कारण पनि फिल्मले आगामी दिनमा उच्च कमाई गर्ने छनक दिएको छ ।

हेमराज बीसीको निर्देशनमा तयार भएको यो फिल्ममा  दीपकराज गिरी, केदार घिमिरे, वुद्दि तामाङ, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी लगायतका कलाकारको अभिनय छ ।

फिल्मले नेपाली फिल्म क्षेत्रमा फेरि एकपटक चहलपहल ल्याइदिएको छ । यो साता केही सार्वजनिक बिदा समेत परेकाले फिल्मलाई फाइदा हुने पक्का छ ।

दर्शक हलमा फर्किएपछि बिहानैदेखि यसका कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल हल दौडाहामा छन् ।