अस्पतालबाट डिस्चार्ज भएपछि राम्रोसँग हिडेर घर पुगिन शर्मिला, मेडिकल रिपोर्ट पनि देखाईन (भिडियो सहित)

 


सामाजिक सञ्जालमा भाइरल बनेकी शर्मिला वाइबा हस्पिटलबाट डिसचार्ज भएकी छिन । बिहीबार विष सेवन गरेर वीर अस्पताल भर्ना भएको खबर बाहिरिएपछि सामाजिक सञ्जाल तातिरहेको थियो । शर्मिलाले विष नै सेवन गरेर आत्महत्याको प्रयास गरेको भनिए पनि अस्पतालले भने त्यो पुष्टि गरेको थिएन ।

अस्पताल स्रोतका अनुसार शर्मिला विषय सेवन गरिएको भन्ने घटना शंकास्पद देखिएको भनेको थियो । राति करिब १ बजेतिर विष सेवन गरेकी शर्मिलालाई उपचारका लागि वीर पुर्याइएको भनिएको थियो । अस्पताल भर्ना गरिएको केही समयपछि शर्मिलाको रगतमा विषको मात्रा कति प्रतिशत छ भन्ने परीक्षण पनि गरियो तर,

परीक्षणमा रगतमा विषको मात्रा केही नदेखिएको अस्पताल स्रोतले जानकारी दिएको थियो । अस्पताल स्रोतले भनेको थियो, कहिलेकाहीँ विषको असर ढिला पनि देखिन्छ र अहिल्यै निष्कर्षमा पुग्नु छिटो हुन्छ । तैपनि शर्मिलाले विष सेवन गरेको हो या होईन अस्पतालले पुष्टि भने गरेको थिएन ।

अभिनेता पल शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेकी शर्मिलालाई गायक राजेशपायल राईले पत्रकार ऋषि धमालसँग नाम जोडेर प्रश्न गरेपछि उनी चिढिँदै आएकी थिइन् । त्यलगत्तै शर्मिलाले विष सेवन गरेपछि त्यहिँ कारण त होइन शर्मिलाले विष सेवन गरेको भनेर बजारमा प्रश्न चलेको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि यसो भन्छिन शर्मिला वाइबा । भिडियो हेर्न यहाँ जानुहोस।