अभिनय गर्नकै लागि अमेरिकाबाट नेपाल आँउदै दीलिपकी छोरी दिव्या, अनमोल वा प्रदीपको फिल्मबाट डेब्यू हुन सक्ने


 काठमाडौं- दीलिप रायमाझीकी छोरी दिव्या फिल्ममा अभिनय गर्नकै लागि अमेरिकाबाट नेपाल आउन लागेकी छन् । । बाल्यकालदेखि नै फिल्ममा अभिनय गर्ने इच्छा पालेकी उनले फिल्म सम्बन्धी अध्ययन पनि गरिसकेककी उनी आगामी ६ र ७ महिनामा नेपाल आउने सम्भावना रहेको बताइएको छ ।

बुझिए अनुसार छोरीको करिअरको सुरक्षित उडानका लागि अहिलेका दुई सुपरस्टार अनमोल केसी या प्रदीप खड्कामध्ये एकको फिल्मबाट डेब्यू गराउने दीलिपको इच्छा रहेको बताइएको छ ।

फिल्ममा काम गर्ने उद्देश्यले हर्स राइडिङ, डान्स समेत सिकिसकेकी दिव्याका लागी दीलिपकी श्रीमतीले छोरीको डेब्यूलाई लिएर प्रदीप अभिनीत एक सुपरहिट फिल्मका निर्मातासँग काठमाडौंमा भेट गरेकी थिइन् ।

ती निर्माता प्रदीप र दिव्यालाई लिएर फिल्म बनाउन सकारात्मक रहेको बुझिएको छ । दीलिपको भुवन केसीसँग हार्दिक सम्बन्ध रहेकाले अनमोलसँग डेब्यूको सम्भावना पनि उतिक्कै रहेको बताइएका छ ।