चलचित्रका निर्माता तथा कलाकार परशुराम चौधरीको ४५ वर्षको उमेरमा युरोपको पोर्चुगलमा हृ,दयघात बाट नि,धन….

 

थारु चलचित्रका निर्माता तथा कलाकार परशुराम चौधरीको ४५ वर्षको उमेरमा युरोपको पोर्चुगलमा शुक्रबार नि,धन भएको छ । स्वास्थ्यमा ग,म्भीर समस्या आएपछि दुई महिना अघि अस्पताल भर्ना भएका चौधरीको उपचारकै क्रममा मृ,त्यु भएको हो । अस्पतालले चौधरीको हृ,दयघात बाट मृ,त्यु भएको जनाएको छ ।

रेशम चौधरीले निर्माण गरेको चर्चित थारु भाषाको चलचित्र कमैयामा चौधरीले प्रमुख पात्रका रुपमा भूमिका निर्बाह गरेका छन् । चौधरीकै अभिनय तथा लगानीमा थारु चलचित्र बौछार, जीवन एक लदिया हो लगायतका चलचित्र निर्माण भएका छन् ।

अन्तर्राष्ट्रिय करातेका खेलाडी समेत रहेका चौधरी थारु चलचित्रको निर्माण तथा अभिनयबाट चर्चामा आएका थिए । धनगढी उपमहानगरपालिका –१ शिवनगरका स्थायी बासिन्दा चौधरी २०११ मा युरोप गएका थिए । केही वर्ष बेल्जियममा बसेका चौधरी २०१५ देखि पोर्चुगलमा बस्दैआएका थिए । स्वर्गीय चौधरीका आमा, दुई पत्नी र तीन छोरी छन् ।