कान्छी-भुन्टी सिरियलकी आशा खड्काको रियल परिवार, भगवान जस्ता छन् सासुससुरा (भिडियो सहित)

 


काठमाडौँ । पछिल्लो समयको चर्चित टेलि श्रृङ्खला ‘कान्छी’ र ‘भुन्टी’ की अभिनेत्री आशा खड्काले विवाह गरेको धेरै दिन भएको छैन । खड्काले आफ्नै श्रृंखलाका अभिनेता सागर गौतमसँग विवाह गरेकी हुन् ।

केही वर्षको प्रेमलाई गुपचुप विवाहमा परिणत गरेकी खड्काले भर्खर विवाह सार्वजनिक गरेकी हुन् । उनले सामाजिक सञ्जालमा एक भिडियो सन्देश पोष्ट गर्दै सागरसँग विवाह गरेको बताएकी थिईन । सागर पेसाले छायाँकार हुन् । विगत केही वर्षयता आशा र सागरले संगै सिरियलमा काम गर्दै आएका थिए।

पर्दामा लोकप्रिय बनेको यो जोडीले दुई वर्ष अघिनै सुटुक्क विवाह गरेको भएपनि अहिले आफन्त, साथिभाइ र परिवार सदस्यबीच दोस्रो पटक विवाह गरेका हुन्। रियलमा सँगै देखिएको यो जोडीलाई पति पत्नीका रुपमा देख्ने धेरै दर्शकको इच्छा थियो ।

आशाकै निर्देशन र निर्माणमा बनेका ‘भुन्टी’ र ‘कान्छी” सिरियल दर्शकमाझ निकै लोकप्रिय छन् । त्यो पूरा भएपनि सामाजिक सञ्जालमा धेरैले दुखी व्यक्त गरेका छन्। अब भने धेरैलाई आशा खड्काको नयाँ परिवारका बारेमा जान्ने कौतुहल्ता जागेको छ। आज हामी तपाईलाई आशाको नयाँ परिवारका बारेमा जानकारी दिने प्रयास गरेका छौँ । पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्