हेर्नुहोस् फागुन २१गते आइतबार (मार्च 5तारिख) को राशिफल, पाथीभरा माताले सबैको रक्षा गरुन् !

 

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्धिहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । मनोरञ्जनात्मक कार्य मन जानेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । पारिवारीक झोर झमेलाको सम्भाबना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जीवनसाथीसंगको सम्बन्धमा सुधार आउनेछ । ब्यापार व्यावसायमा मनग्य लाभ प्राप्त हुनेछ । सफलताका लागि अधिक मेहनत गर्नु पर्ने हुन्छ । मानसम्मान प्राप्त हुने योग रहेको छ । कार्य सम्पादनका लागि सावधानी अपनाउनु होला । कुरा काट्नेहरुको संख्यामा बृद्धि आउला ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढीला हुने छ । अरुका कारण सामान्य अप्जस सहनु पर्ला । परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरुसंगको भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामुहिक कार्य गर्न मन जानेछ । अरुका कारण आफुले सामान्य अपजस सहनु पर्ला । शारिरिक आलस्यताले सताउन सक्नेछ । खर्च बढ्ने योग रहेको छ । मानसिक चिन्ताले सताउला । बोलीको प्रभावमा कमी आउनेछ । नजिकका व्यक्तिहरुसंग दुरी बढ्न सक्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला । पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अनावश्यक खर्च तथा लगानिका क्षेत्रमा सजग रहनु पर्ने योग रहेकोछ । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । नजिकका व्यक्तिहरुसंगको सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्नेछ । जीवनसाथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामुहिक कार्य गर्न मन जानेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकिएला । शुभ चिन्तकको बृद्धि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुनसक्ला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बोलीको प्रभावमा बृद्धि आउनेछ । नयाँ कार्यमा आट, शाहस आउनेछ । ब्यापार व्यावसायमा आम्दानी बृद्धि हुन सक्नेछ । बौद्धिक क्षेत्रको विकासले तपाईको मान सम्मानमा बृद्धि गर्नेछ । आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वाणीका कारण केही विवाद उत्पन्न हुन सक्दछ । अधिक परिश्रमबाट मात्र कार्य सफल हुनेछ । अधिक खर्च हुने योग रहेको छ । आफन्तको साथ, सहयोग पाउनु हुनेछ । नयाँ कार्यको थालनीका लागि आट, शाहस बढ्नेछ । सबारी साधनको यात्रामा विशेष ख्याल गर्नुहोला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आट, शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्ष सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ । निर्णय लिने क्षमतामा कमी आउला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । मित्र जनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्धत पूग्नेछ । शारिरिक आलस्यपनले सताउनेछ । पारीवारिक साथ सहयोगबाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामुहिक कार्य गर्ने अवसर प्राप्त होला । सभा सम्मेलन जस्ता स्थानमा मान सम्मान मिल्नेछ । मनोरञ्जनजन्य कार्यमा बढि समय व्यतित होला । पारिवारिक साथ सहयोगमा कमी आउन सक्ला । गरिरहेको कार्यमा सफलता मिल्नेछ । सामाजिक कार्य गर्न मन जानेछ ।