स्व. प्रेम प्रसादको परिवारलाई अमेरिकाबाट आयो यति धेरै सहयोग, भावुक हुँदै श्रीमती नानुका यसो भन्छिन (भिडियो सहित)

 

प्रेम प्रसादको श्रीमतीलाई अमेरिकाबाट १७ लाख ५० हजार सहयोग आएको छ । इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको मृत्युपछि सामाजिक सञ्जालमा तरंग उत्पन्न भएको छ। गृहमन्त्री रवि लामिछाने, सांसद, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई, विभिन्न राजनीतिक दलका नेता, कलाकार, बुद्धिजिवीलगायतले बोलेका थिए ।

प्रेमप्रसाद आचार्यले संघीय संसद् भवन अगाडि दिउँसो आफैंलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्य लज्जित भएको छ। उनले भनेका छन्, ‘हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे बहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको सिर्जना गर्ने कि सत्ताको अंकगणित मै अल्झिरहने?’यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आत्मदाहको सबैभन्दा ठूलो कारण राज्य भएको बताएका थिए।

नागरिकका रुपमा, जनप्रतिनिधिका रुपमा, सत्ताका अगुवाका रुपमा, सञ्चारमाध्यमका रुपमा सबै असफल भइरहेको उनले उल्लेख गरेका छन्।एकैपटक धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेको बालेनले भनेका थिए ।

प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ती सिपहरुको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरुको निर्माण गर्नेमा असाध्यै संवेदनशील भएर काम गरिरहेको उनले भनेका छन्। यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रेम आचार्यको आत्मदाह मोहम्मद बौउजीजीको आत्मदाहले ल्याएको अरब क्रान्ति जस्तै भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा नेपालमा क्रान्ति ल्याउने हो कि भन्ने आशंका गरेका छन्।

यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले युवा उद्यमी आचार्यको प्रकरण निकै मार्मिक भएको भन्दै बेलैमा यसलाई गम्भीरतापूर्वक लिएर उपचार खोज्न सुझाएका छन्। सबैले बेलैमा गम्भीरतापूर्वक लिउँ र उपचार खोजौं। अन्यथा युवाहरू विदेश पलायन हुने वा देशभित्रै आत्मदाह गर्ने प्रवृत्ति बढ्दै गएमा देश ठूलो संकटमा फस्नेछ, उनले भने, ‘आरोपप्रत्यारोप होइन आत्मसमीक्षा गरौं र सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गरौं!’

यस्तै सत्तारूढ दल राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले लेखेको स्ट्याटसले राज्य नाङ्गो भएको बताएका छन्। उनले यो गरिखान्छु भन्ने तमाम नेपालीको पीडा भएको बताएका छन्। ‘प्रेम प्रसाद आचार्यले आत्मदाह गर्नुभन्दा अगाडि लेखेको स्ट्याटसले यो राज्य ब्यवस्था नाङ्गो भएको बताएका थिए। यो गरिखान्छु भन्ने तमाम नेपालीहरूको पीडा हो यो विषयलाई संसदीय समिति गठनगरि सूक्ष्म ढङ्गले अध्ययन र अनुसन्धान गरियोस्’, उनले भने।