टिकटक लाइभ बसेर १२ लाख रुपैयाँ कमाएको एलिना चौहानको खुलासा

 

काठमाडौं – एलिना चौहान नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय उदाएकी गायिका हुन् । एलिनाले स्वर भरेका दर्जनौं गीतहरु रुचाइएका छन् । चलचित्र, आधुनिक तथा स्टेज कार्यक्रममा एलिनाको उच्च माग छ । यो सबै दर्शक-स्रोताको मायाको उपज भएको एलिना बताउँछिन् ।

गायिका एलिनाले सुरुमा थुप्रै गितको कभर गित गाएकी थिइन् । कालीप्रसाद बास्तोलाको ‘इन्स्ट्रामा फोटो’ बोलको गीतको रिप्लाईमा कभर गित गाएपछि गायिका चौहान एकाएक चर्चामा आएकी थिइन् । त्यो उनको कभर गित युट्युवको ट्रेन्डिङ नम्बर ४ मा पुग्न सफल भयो ।

उनका फ्यान र शुभचिन्तकले आफ्नै गीत निकाल्नु भन्दै दिएको सुझाव उनका लागि सांगीतिक क्षेत्रमा पहिचान बनाउन सफल भईन । सांगीतिक क्षेत्रमा आउनुभन्दा पनि टिक्नुपर्ने चुनाैती रहेकाे उनी बताउँछिन् । साथै, केहिदिन आगाढी मात्रै गायिका एलिना चौहानले आफ्नो पारिश्रमिक खुलासा गरेकी छन्।

गत शनिबार एक टिभीलाई अन्र्तवार्ता दिने क्रममा चौहानले आफ्नो पारिश्रमिक खुलासा गरेकी हुन्। एउटा गीत गाएको १५ देखि २० हजारसम्म लिने गरेको भन्दै उनले टिकटकबाट मात्र १२ लाख कमाएको खुलासा गरिन् । त्यसैगरी मेला महोत्सवमा गएको ५० हजारदेखि १ लाख रुपैयाँसम्म लिने गरेको उनले बताइन् ।

फरक प्रसङ्गमा उनले आफूले पैसा दिएर फ्यानलाई महोत्सवमा हर्कत गर्न नलाएको बताइन्। त्यस्तैउनले रवि लमाछिानेलाय को बारेमा बोल्दा ट्रोलको सिकार समेत बन्न पुगिन् । पछि यस बारेमा उनले स्पष्टिकरण नै दिएकी थिइन् । उनले गायिका समिक्षा अधिकारीको पनि राम्रो प्रशंसा गरिन् ।