प्लेन दु’र्घटनामा परि मृ’त्यु भएका वरिष्ठ पाइलट कमल केसीको आज पशुपतिमा अन्तिम श्रद्धाञ्जली

 


केही दिन अगाडि पोखरा प्लेन दु’र्घटनामा परि मृत्यु भएका वरिष्ठ पाइलट कमल केसीको आज पशुपतिमा अन्तिम श्रद्धाञ्जली गरिएको छ। यती एयरलाइन्सका वरिष्ठ पाइलट एवं प्रशिक्षक चालकका रूपमा परिचित कमल केसीको नेतृत्वमा एनवाइटी– ६९१, नाइन एन–एएनसी कलसाइन भएको जहाज बिहान १०ः३३ मा उडेको थियो । करिब ११ बजेतिर विमान पोखराको घारीपाटन नजिकै सेतीको खोँचमा दु”र्घटना भयो ।

यता पाइलट कमलले पनि, ‘वेदर इज ब्युटीफुल। भेरी गुड भिजिबिलिटी। रन वे क्लियर।’ काठमाडौंबाट यतीको एटीआर ७२ जहाजका पाइलट एयर ट्राफिक कन्ट्रोलरसँगको संवादमा भन्दै थिए । केही बेरमै अवतरणका लागि उनीहरुले पोखराको नयाँ विमानस्थलका एटीसीसँग अनुमति मागिसकेका थिए।

हो, यती एयरलाइन्सकै वरिष्ठ प्रशिक्षक पाइलट कमल केसीको नेतृत्वमा कलसाइन नाइन एन एएनसी एटीआरको यो जहाजले काठमाडौंबाट पोखराका लागि आइतवार बिहान उडान भरेको थियो।पोखराका लागि आइतवार तेस्रो उडान गरिरहेको यो जहाजमा वरिष्ठ पाइलट कमल केसीले को-पाइलट अञ्जु खतिवडालाई अन्तिम प्रशिक्षण दिएर पाइलट बनाउने योजनामा थिए।

केसी र खतिवडासहित चालक दलका ४ र ६८ जना यात्रु लिएर यो जहाज आइतवार बिहान १०:३२ बजे काठमाडौंबाट पोखराका लागि उडेको थियो। वरिष्ठ पाइलट केसीले पाइलटका रुपमा करिअर थालेको ३४ वर्ष पुग्दा यती एयरलाइन्ससँग जोडिएको मात्रै १३ वर्ष भइसकेको थियो।